२४४४ जना संक्रमित थपिए, १ को मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०४ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २४४४ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३३ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २२ रहेको मन्त्रालयले जनाएको छ । 
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९७.५ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७ पुगेको छ । त्यस्तै आज १ लाख ८० हजार ४५७ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित