मुस्ताङ र मुगु जिल्लामा कोरोना सङ्क्रमण शुन्य

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२७ पटक पढिएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुस्ताङ र मुगु जिल्लामा मात्र कोरोना सङ्क्रमणको शून्य सङ्क्रमण रहेको छ।

सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार हाराहारी पुगेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ ।

काठमाण्डौमा २ हजार ६ सय ५५, ललितपुरमा ९ सय र भक्तपुरमा ६ सय ३३ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यस्तै सुनसरी, कास्की, बाँके र कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २ सयभन्दा धेरै छ ।

कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विज्ञहरुले आग्रह गरेका छन् । सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित