काबुल बिमानस्थलमा हराएका दुई वर्षीय बालक भेटिए

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२९ पटक पढिएको

काबुल बिमानस्थलमा गत अगस्टमा आफ्ना अभिभावकबाट छुटेका दुई वर्षीय बालकको पाँच महिनापछि परिवारसँग मिलन भएको छ । अगस्टमा तालिवानले अफगान सत्ता कब्जा गरेपछी त्यहाँका बासिन्दाहरु देश छाड्ने क्रममा एयरपोर्ट्तर्फ लाग्दै थिए । हजारौँ बासिन्दाको भिडभाडमा दुई वर्षीय बालक सोहिल अहमादी हराए । उनलाई उनका बुवा आमाले काबुल विमानस्थलको तारबारबाट एक जना अमेरिकी सेनालाई हातमा समाउन दिएका थिए ।

अमेरिकी दूतावासमा काम गरेका उनका बाबु भिर्जा अली अहमद, आमा सुराया र उनीहरुका अरु चार जना काबुल छोड्ने अमेरिकी विमानको एउटा उडानमा चढिसकेका थिए । तर उनीहरुले सोहिललाई देखेनन् ।

बिमान उडिहाल्यो अनि सोहिल छुटिहाले ।

पछी उनको खोजि कार्य हुन थाल्यो । उनको यादमा उनका बुवा र आमा धेरै तड्पिए तर केहि सिप लागेन ।

तर, रोयर्टसको एउटा समाचारमा हराएका ती बालकबारे एउटा विवरण सार्वजनिक भयो । 

रोयर्टसले सोहिलबारे परिवारको खोजी भन्ने शीर्षकमा समाचार छाप्यो । समाचार वितरण पश्चात सोहिल एक  २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद साफीको घरमा रहेको थाहा भयो । साफीले विमानस्थलको एउटा मैदानमा रोइरहेका अवस्थामा सोहिलालाइ भेटेका थिए ।

उनले  लामो खोजी गरे तर बालकको जिम्मा लिने कोही भेटाएनन् । त्यसपश्चात उनि आफैले सोहिलालाइ पाल्ने निर्णय गरे । उनका हजुरबुबा क्वासेम रजवीले आफ्नो नाती साफीको घरमा रहेको समाचार थाहा पाए र नातिलाई लिन उनको घर गए । प्रहरीले दुई परिवारबीचको समस्या ४९ दिन लामो वार्तापछी समाधान गर्‍यो । छलफलबमोजिम साफीले हजुरबुबालाई बालक फिर्ता गरिदिए । अहिले अमेरिकामा रहेका उनका बुवा र आमा खुशी छन्|  ‘उनीहरु अहिले नाच गान गरेर रमाएका छन्,’ उनका हजुरबुबाले  भने । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित