७३.०१ अंकले बढ्यो नेप्से
- वर्ल्ड दैनिक
- २ साल अघि
- ९४ पटक पढिएको
साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । आइतवार नेप्से ७३.०१ अंकले बढेर २७६५.४७ मा कायम भएको छ ।
परिसूचक ७३.०१ अंकले बढेसँगै उत्पादनमूलक र अन्य समूहमा पनि सुधार आएको छ । कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । आइतबार कुल १५ लाख ५८ हजार ६२१ कित्ता किनबेच हुँदा ७ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।
आइतवार धेरै कमाउने कम्पनीहरुमा एन.एच.डि.एल र हुर्जा कमपनीहरु रहेका छन । यी दुवै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस