बलात्कार घटनामा जनप्रतिनिधि र शिक्षकसहित पाँच जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८९ पटक पढिएको

बलात्कारको घटना ढाकछोप गर्न खोजेको भन्दै कैलालीमा जनप्रतिनिधि र शिक्षकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ हुनेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् । 

१५ मंसिरमा स्थानीय ७७ बर्षीया वृद्धामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भने । १२ पुसमा उजुरी परेपछी घटनाको बारेमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित महिलाका छोराले १२ पुसमा इलाका प्रहरी कार्यालय सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए । उजुरी दिन किन ढिलो भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाई भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित