काेभिडकाे ‘हटस्पट’ बन्याे माओवादी महाधिवेशन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २९३ पटक पढिएको

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन एक हप्ता चलेर समापन भयो । समापन भएको केही दिन बित्न नपाउँदै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीहरुलाई काेरोना संक्रमण पुष्टि भएको छ  ।

गत बिहीबार अध्यक्ष पुष्पकमल दाहाल सहित केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई काेभिड संक्रमण पुष्टि भएको भएको हो । अहिले उनिहरु सबै आइसोलेसनमा छन ।

संक्रमित को संख्या बढेर शनिबारसम्म आइपुग्दा दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटालगायतलाई काेभिड संक्रमण पुष्टि भएको हो । अहिले अध्यक्ष दाहालसहितका संक्रमित नेताहरुको सम्पर्कमा आएकाहरू जोखिममा परेका छन् ।

महाधिवेशन सकिएलगत्तै नेताहरूमा कोरोना पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किनुले कोरोना  संक्रमण बढ्ने जोखिम बढेको छ । 

आठौँ महाधिवेशनबाट घर फर्किएका कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि कोरोना संक्रमण पुष्टि  भएको छ ।

माओबादी लगायत एमाले , काँग्रेस , राप्रपा लगायतका पार्टीहरुको महाधिवेशनका कारण पनि कोरोना झन बढ्न सक्ने आंकलन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित