कञ्चनपुरमा भारतबाट फर्कनेको सङ्ख्या बढे पछि कोरोना सङ्क्रमित पनि बढे

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २०४ पटक पढिएको

 

भारतबाट नेपाल फर्कनेको सङ्ख्या बढे सँगै कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । भारतमा कोरोना सङ्क्रमण बढ्न थालेपछि नेपाल फर्कनेको सङ्ख्या पनि बढेको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार त्यहाँ कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । मङ्गलबारमात्रै १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा १  तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका ७ जनामा सङ्क्रमण देखिएको छ । 

कोरोना परीक्षणको नतिजा पोजिटिभ आएकामध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन् भने बाँकी सबै होमआइसोलेशनमा छन् । हालसम्म कञ्चनपुरमा ९ हजार ८५ जनामा कोरोना पोजिटिभ पाइएको छ । त्यस्तै ८ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् । 

मङ्गलबारमात्रै सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका यात्रुको सङ्ख्या ४८२ रहेको छ। भित्रिनेमा पुरुष २९९, महिला १०० र बालबालिका ३२ छन्। नेपालबाट भारततर्फ जानेको सङ्ख्या ४३५ रहेको छ। सोही अवधिमा सीमानाका त्रिनगर हुँदै नेपाल फर्किएका यात्रुको सङ्ख्या ३०९ तथा भारततर्फ जानेको सङ्ख्या २५९ छ। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित