चिसोले कठ्याङ्ग्रिएर २ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६० पटक पढिएको

 

केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको मृत्यु भएको छ । उनीहरुको कठ्याङ्ग्रिएर मृत्यु भएको हो । 

मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । चिसोले कठ्याङ्ग्रिएका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको बताईएको छ । 

यादवको भने जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले राससलाई जानकारी दिएको छ ।

चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ । अत्याधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित