पाँच शक्तिशाली राष्ट्रहरु आणविक युद्ध अन्त्य गर्ने पक्षमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २७७ पटक पढिएको

 

संसारका सबैभन्दा शक्तिशाली राष्ट्रहरू मानिने मध्ये पाँच ओटा आणविक सम्पन्न देशहरूले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

रुसी प्रशासन क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार प्रतिबद्ध जनाउने सबै देश सन् १९६८ आणविक अप्रसार सन्धि (एनपीटी) द्वारा मान्यता प्राप्त संयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरू पनि हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचासमेत गरेका छन् । 

‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी दृढ छौं,’ ती देशहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् । अस्थित्वमा रहेका आणविक हतियार रक्षात्मक कार्यमा प्रयोग गर्न सकिने भने ती देशको भनाई छ । 

रुस, चीन र पश्चिमबीच बढ्दो विवादको समयमा विश्वव्यापी सुरक्षाको प्रमुख मुद्दामा यस्तो साझा भनाइ आऊनु दुर्लभ भएको द गार्डीयनले जनाएको छ । 

केहि समय अघि मस्कोले युक्रेनमा आक्रमण गर्ने धम्की दिएको थियो भने चीनले ताइवान विरुद्ध सैन्य बल प्रयोग गर्न तयार रहेको संकेत दिएको थियो । उक्त संयुक्त विज्ञप्तिले कुनै विवादलाई आणविक युद्दमा परिणत हुनबाट रोक्नको लागि नयाँ प्रतिबद्धताको  प्रतिनिधित्व गर्ने समेत समाचारआ उल्लेख छ । तस्बिर : सिन्ह्वा

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित