उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १२८ पटक पढिएको

 

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले उत्तर कोरियाले अज्ञात क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको दाबी गरेका छन् । उत्तर कोरियाले गरेको यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने जापानिज कोस्ट गार्ड (जेसीएस) ले जनाएको छ । 

‘यस विषयमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेका छन्‚’ जेसीएसले विज्ञप्ति जारी गर्दै भनेको छ । समाचार संस्था रोयटर्सका अनुसार शंकास्पद ब्यालिस्टिक मिसाइल पाँच सय किलोमिटर परसम्म छाडिएको जापानी रक्षामन्त्री नोबुओ किसीले बताएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । यदि यो ब्यालिस्टिक मिसाइल भएमा यो वर्षकै पहिलो पटक गरिएको प्रक्षेपण हुने बीबीसीले उल्लेख गरेको छ । 

यसैबीच जापानका प्रधानमन्त्री फुमियो किशिदाले बुधवार पत्रकार सम्मेलन मार्फत उत्तर कोरियाले गत वर्षदेखि लगातार मिसाइल प्रक्षेपण गरिरहेको कुरा एकदमै खेदजनक भएको बताएका छन् । सीएनएनका अनुसार उनले भने, ”जापान सरकारले सतर्कता र निगरानीलाई निरन्तरता दिनेछ ।" सरकारले अझै पनि यसबारे अध्ययन गरिरहेको उनको भनाई छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले वर्षको अन्त्यमा  देशमा "खाद्य समस्या" रहेको स्वीकार्दै सम्बोधन गरेको केही दिन पछि उक्त प्रक्षेपण भएको समाचारमा उल्लेख छ । उक्त सम्बोधनले उनको कोरियाली वर्कर्स पार्टीको महत्वपूर्ण पाँच दिने बैठक समेत समापन गरेको जनाइएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित