फ्रान्समा नयाँ भेरियन्ट फेला, १२ जना संक्रमित

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७८ पटक पढिएको

 

विश्वभर ओमिक्रोनको अक्रान्त बढिरहेको बेला फ्रान्समा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । फ्रान्सका वैज्ञानिकले केही समयअघि मार्सेलेस क्षेत्रमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला पारेका हुन् ।

मेडिटेरानी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिच्युट (आईएचयू) का अनुसन्धानकर्ताले पहिचान गरेको हुँदा उक्त नयाँ भेरियन्टको नाम पनि आईएचयू वा ‘बी.१६४०.२’ राखिएको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार हालसम्म १२ जनामा आईएचयू भेरियन्टको संक्रमण पुष्टि भएको र संक्रमितमध्ये कतिपयलाई अस्पताल भर्ना गरिएको छ । समाचार अनुसार अफ्रिकी मुलुक क्यामरुनबाट भएको यात्रासँग आईएचयू भेरियन्ट जोडिएको विश्वास गरिएको छ । 

हालसम्म फ्रान्समा बाहेक यो भेरियन्ट अन्यत्र फैलिएको छैन । तर बेलायतमा यो भेरियन्ट प्रवेश गरिसकेको भन्दै केही अपुष्ट दाबी समेत भइरहेका छन् ।

आईएचयू भेरियन्ट ओमिक्रोन झैं तीव्र गतिले नफैलिएको पनि समाचारमा उल्लेख छ । ४६ पटक म्युटेसन भइसकेको हुँदा यो भेरियन्टले कोभिड-१९ का विद्यमान खोप छल्न सक्ने वा नसक्ने भन्नेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

गत महिना एक अध्ययनको शोधपत्रमा आईएचयूबारे विस्तृत विवरण राखिएको छ । शोधपत्र अनुसार नोभेम्बरमा क्यामरुनबाट फर्केका एक पुरुषमा पहिलो पटक आईएचयू भेरियन्ट देखा परेको थियो । तर उक्त शोधपत्र हालसम्म कुनै मेडिकल जर्नलमा प्रकाशित गरिएको छैन ।

आईएचयू ओमिक्रोनभन्दा के-कति संक्रामक छ र खोपलाई छल्न सक्छ वा सक्दैन भनेर हालसम्म प्रस्ट भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले पनि आईएचयू भेरियन्टलाई आफ्नो अनुसन्धानको दायरामा राखेको छैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित