कोलम्बियामा विद्रोही समूहबीच झडप हुँदा २३ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८४ पटक पढिएको

 

दक्षिण अमेरिकी मुलुक कोलम्बियामा दुई वटा विद्रोही समूहबीच भएको हिंसात्मक झडपमा परी कम्तिमा २३ जनाको मृत्यु भएको छ । भेनेजुएलासँगको सीमा नजिक भएको उक्त झडपमा २३ जनाको मृत्यु भएको रक्षामन्त्री डिएगो मोलानोले सोमबार अबेर राति गरेको पत्रकार सम्मेलनमार्फत जनाएका हुन् । 

अन्तर्राष्ट्रिय समाचार माध्यमहरूका अनुसार नेशनल लिबरेसन आर्मी (ईएलएन) का सदस्यहरू र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क) सँग लड्दा सप्ताहान्तमा झडप भएको थियो । ईएलएन कोलम्बियाको सबैभन्दा ठूलो सशस्त्र विद्रोही समूह हो । जसले २०१६ को शान्ति सम्झौतालाई अस्वीकार गर्नुका साथै देशमा पाँच दशक लामो सशस्त्र द्वन्द्वको अन्त्य ल्याएर समूहलाई विघटन गरेको थियो । 

कोलम्बियाको सेनाको एक विज्ञप्ति अनुसार उक्त समूहहरू लागूऔषध तस्करी जस्ता अवैध अर्थतन्त्रको नियन्त्रणको लागि लडिरहेका  अल्जजिराले जनाएको छ । पूर्वी क्षेत्रमा अवस्थित अराउका नगरमा आइतबार भएको झडपमा मारिनेमध्ये अधिकांश फार्क र ईएलएनका सदस्य रहेको समाचारमा उल्लेख छ ।

कोलम्बियाको राष्ट्रपति कार्यालयले आइतबार भएको हिंसात्मक झडपमा मारिनेको आधिकारिक विवरण सार्वजनिक गरेको छैन । तर अराउकामा मानव अधिकारसम्बन्धी मामिला हेर्ने सरकारी अधिकारी युआन कार्लोस भिलाटेले एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै मृतकको संख्या ५० पुग्न सक्ने बताएका छन् ।

कोलम्बियाका मानवअधिकार ओम्बड्सम्यानले यसअघि कम्तिमा १६ जनाको ज्यान गएको र दर्जनौं परिवारलाई आफ्नो घरबाट विस्थापित भएको बताएका थिए ।

दुवै कम्युनिस्ट विद्रोही समूह हुन् । सन् २०१६ मा सरकारसँग शान्ति सम्झौता भएपछि फार्कले हतियार बिसाइसकेको छ भने इएलएनले सशस्त्र संघर्ष जारी राखेको छ । तर सरकारसँग भएको शान्ति सम्झौता अस्वीकार गर्दै आएका फार्कका केही सदस्यले २०१८ मा पुन: हतियार उठाउने घोषणा गरेका थिए । सोही असन्तुष्ट समूहसँग आइतबार इएलएनको भिडन्त भएको जनाईएको छ  । तस्बिर : रोयटर्स 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित