शेयर बजारमा उच्च अंकले वृद्दि

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १४३ पटक पढिएको

 

साताको पहिलो दिन शेयर कारोबार मापक  नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । आइतबार नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ कायम भएको छ ।

आज ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १०.७७ अंकले बढेको छ । कुल २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता किनबेच हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँमा कारोबार भएको छ।

गत बुधबार ३ अर्ब ६२ करोडको सेयर कारोबार भएको थियो । सो दिनको तुलनामा आइतबारको कारोबार रकममा पनि सुधार आएको हो ।

आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित