अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १०७ पटक पढिएको

अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु भएको छ । ‘निरपेक्षता’ र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।
अफगानिस्तानमा सन् २००५ यता प्रमाणित बाल मृत्युको सबैभन्दा धेरै संख्या २८ हजार ५०० भन्दा बढी रहेको छ । विश्वव्यापी रूपमा सबै प्रमाणित बाल मृत्युको सङ्ख्याको २७ प्रतिशत हो । बालबालिकाको सुरक्षाको लागि अब हरेक उपाय अवलम्बन गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।
यसैबीच, मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रमा २००५ यता विद्यालय र अस्पतालहरूमा सबैभन्दा धेरै आक्रमणहरू भएका छन् । गत वर्षको पहिलो छ महिनामा २२ वटा त्यस्ता आक्रमणहरू प्रमाणित भएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिटा फोरले भने, “वर्ष-वर्ष, द्वन्द्वरत पक्षहरूले बालबालिकाको अधिकार र कल्याणको लागि भयानक उपेक्षा प्रदर्शन गरिरहेका छन् ।’ ‘बालबालिकाहरू पीडामा छन् र यो लापर्बाहीका कारण केटाकेटीहरू मरिरहेका छन्। यी बालबालिकाहरूलाई हानीबाट जोगाउन हर प्रयास गर्नुपर्छ ।’
युनिसेफले सन् २०२१ को तथ्याङ्क अझै उपलब्ध नभएको भए पनि सन् २०२० मा बालबालिकाविरुद्ध २६ हजार ४२५ गम्भीर मानवीय व्यवहार उल्लङ्घनका घटना संयुक्त राष्ट्रसंघले प्रमाणित गरेको जनाएको छ ।
“सन् २०२१ को पहिलो तीन महिनामा प्रमाणित गम्भीर उल्लङ्घनहरूको समग्र संख्यामा थोरै कमी देखिएको थियो तथापि अपहरण र यौन हिंसाका प्रमाणित घटनाहरू अघिल्लो वर्षको पहिलो चौमासिकमा क्रमशः ५० र १० प्रतिशतले वृद्धि भएको देखिएको युनिसेफले जनाएको छ ।