बिस जिल्लाहरुमा विधुतिय राहदानी वितरण सुरु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ११७ पटक पढिएको

नरेश भाट
राहदानी विभागले २० जिल्लाहरु बाट विधुतिय राहदानी वितरण सुरु गरेको छ । विभागले प्रदेश नं १ र २ बाट ३/३, प्रदेश नं ३ बाट ५, प्रदेश नं ४ बाट २, प्रदेश नं ५ बाट ४ र प्रदेश नं ६ बाट १ र प्रदेश नं ७ बाट २ गरि २० वटा जिल्लामा वितरण सुरु गरेको हो ।
पछिल्लो समय कोरोना महामारीको प्रकोप सामान्य हुन थालेपछि बैदेशीक रोजगारमा जानेहरुको संख्या बेढेकाले राहदानी बनाउनेको संख्या पनि बढेको छ । राहदानी बनाउनेहरुको संख्या दैनिकरुपमा बढ्दै गएको राहदानी विभागका प्रबक्ता शरद राज आर्यनले बताएका छन् । कर्मचारीहरु बिहान १० बजे देखिनै पासपोर्ट वितरण गर्न भ्याईनभ्याई अवस्थामा हुने उनको भनाई छ ।
उनले सेवाग्राहीहरुलाई कार्यालय खोल्नु भन्दा अगाडीनै लाईन नबस्न आग्रह गरेका छन् । उनले भने, ”म साँझ लाईनमा गएर सेवाग्राहीहरुलाई आग्रह गरिरहेको हुन्छु । तापाईहरु बिहान १० बजे पछि आउनुस भनिराखेको हुन्छु । तर, पनि उनीहरु बिहान ६ बजे नै गेटमा आएर लाईनमा बस्छन् ।
पासपोर्ट तयार भयो वा भएन भनेर विभागले म्यासेज पठाउने हुँदा म्यासेज आए पछि मात्र राहदानी लिन आउन उनले आग्रह गरे । यदि तयार नभएको म्यासेज आयो भने पनि विभागमा आएर सम्पर्क गर्नुपर्ने उनले बताए ।
आईतबार साझँसम्म १० हजार भन्दा माथि इ-पासपोर्ट वितरण हुने उनले जनाएका छन् । अबको १५ दिन भित्र बाँकी रहेका सबै जिल्लाहरुबाट इ-पासपोर्ट वितरण हुने उनको भनाई छ ।
कुन कुन जिल्लामा सुरु भयो ?
प्रदेश नं १ -झापा, सुनसरी, मोरंग,
प्रदेश नं २ -धनुसा, पर्सा, सर्लाही
प्रदेश नं ३ – काठमाण्डौं , ललितपुर, भक्तपुर, चितवन, मकवानपुर,
प्रदेश नं ४ – कास्की, गुल्मी,
प्रदेश नं ५ -रुपन्देहि, बुटवल, कपिलबस्तु, नबलपरासी,
प्रदेश नं ६ – सुर्खेत,
प्रदेश नं ७- कैलाली, कंञ्चनपुर,