पाल्पामा मलामी जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १०७ पटक पढिएको

पाल्पामा बस दुर्घटना हुँदा ७ जनाको भृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतबार बिहान लु २ ख ७२७९ नम्बरको बस करिब डेढ सय मिटर तल खसेको हो ।
मृतकको सनाखत हुन बाँकी रहेको र घाइतेहरुलाई अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको समेत बताईएको छ । प्रहरीले जनाए अनुसार दुर्घटना भएको बस बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको थियो ।
४ वटा शव बाहिर देखिएको र ३ वटा शव दुर्घटनाग्रस्त बसले च्यापेकाले जेसीभी झिकाएर निकाल्ने तयारी गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार बसमा करिब ३५ जना मलामी सवार थिए । प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस