मौसम र कोभिडका कारण विश्वभर एकै दिन ४ हजार भन्दा बढी उडान रद्द

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६३ पटक पढिएको

 

कोरोनाभाइरस र खराब मौसमका कारण क्रिसमस र नयाँ वर्षको समयमा अमेरिकामा हवाई उडान रद्द हुने क्रम बढेको छ । एअर ट्राफिक साइट फ्लाइटअवेरले जनाए अनुसार शनिवार विश्वभर झन्डै ४,४०० उडानहरू रद्द भएका छन् । त्यसमा २,५०० भन्दा धेरै अमेरिकाको मात्र रहेको छ । 

अमेरिकामा रद्द भएकामध्ये १,००० भन्दा धेरै उडानहरू सिकागोको ओ’हेर र मिडवे विमानस्थलबाट हुने उडान थिए । वायुसेवाका धेरै कर्मचारी कोभिड सङ्क्रमितको संसर्गमा आएर क्वारन्टीनमा बसिरहेका कारण समस्या झन् थपिएको बीबीसीले जनाएको छ । 

युनाइटेड एअरलायन्सले जारि गरेको विज्ञप्तिमा ओमिक्रोनले कर्मचारीमा पारेको असर र हिमपातले गर्दा उडानहरु रद्द गरिएको जनाईएको छ । विज्ञप्तिमा भनिएको छ,"कठोर मौसमको अनुमानमा हामीले पहिल्यै उडानहरू रद्द गरेका हौँ। उडानहरू रद्द भएकाको हकमा हामीले पहिल्यै अर्को बुकिङ वा अन्य योजना बनाउन मिल्ने गरी खबर गरिरहेका छौँ ।"

डिसेम्बर २४ यता अमेरिकामा १२,००० उडानहरू रद्द भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित