इजरायलमा फ्लोरोनाको संक्रमित भेटिए

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २८४ पटक पढिएको

 

विश्वभर ओमिक्रोन तिव्र रुपमा फैलिरहेको बेला इजरायलमा फ्लोरोनाको पहिलो संक्रमित भेटिएको छ । अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार फ्लोरोनामा कोरोना भाइरस र इन्फुलुएन्जाको दोब्बर ‘इन्फेक्सन’ रहेको हुन्छ ।

अरब न्युजले यसको पुष्ट गर्दै फ्लोरोना झन् खतरनाक रहेको दाबी गरेको छ । यसो बारेमा थप जानकारी भने उपलब्ध गरिएको छैन । इजरायलमा कोभिडको संक्रमण दर निरन्तर वृद्दि भईरहेको छ । यसैबीच इजरायलले चौथोपटक बुस्टर डोज दिने निर्णय गरेको छ। इजरायलमा तेस्रो डोज तीन महिनाअघि नै दिइसकिएको छ। 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बिहीबार इजरायलमा ५ हजार बढी संक्रमित देखिएका थिए । त्यहाँ हालसम्म १३ लाख ८० हजार बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ८ हजार बढीको संक्रमणबाट मृत्यु भएको छ। 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित