३८२ जना संक्रमित थपिए

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ११४ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३८२ जना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९५९ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो । 

त्यस्तै सोहि अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम भएको मन्त्रालयले जनाएको छ । हाल ४ हजार ९६९ जना सक्रिय संक्रमित छन् । 

मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ । त्यस्तै आज ५९ हजार ११२ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।

""

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित