भ्रष्टाचारको आरोपमा पक्राउ परेकी दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क रिहा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१० पटक पढिएको

 

भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हे शुक्रबार रिहा भएकी छिन् । वर्तमान राष्ट्रपति मुन जे इनले दिएको विशेष माफीमा उनि रिहा भएकी हुन् । 

पार्कलाई २२ वर्षको जेल सजाय सुनाइएको थियो र भ्रष्टाचारको आरोपमा महाभियोग लगाइएपछि पदमुक्त भएकी हेले २०१७ देखि सजाय भोग्दै आएकी थिइन् । ब्लु हाउसका अनुसार पार्कको बिग्रँदै गएको स्वास्थ्यलाई ख्याल गर्दै माफी दिने निर्णय गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

सन् २०१९ मा काँधको शल्यक्रिया गरेपछि ६९ वर्षीया वृद्धले अर्को वर्ष फेब्रुअरी २ सम्म अस्पतालमा उपचार गर्ने योजना बनाएकी थिइन् । एक हप्ता अघि न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो ।

पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् । जहाँ उनको काँध र कम्मरको दुखाइको कारण एक महिनाभन्दा बढी समयदेखि उपचार भइरहेको छ ।

समाचार अनुसार पार्कलाई पूर्वराष्ट्रपतिको रूपमा सुरक्षा दिइए पनि अन्य विशेषाधिकारहरू भने दिइने छैन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित