सन् २०२१ मा विश्वभर ४५ जना मिडियाकर्मीहरू मारिए
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १९३ पटक पढिएको
![](https://worlddainik.com/wp-content/uploads/2022/06/dhara.gif)
सन् २०२१ मा विश्वभर ४५ जना पत्रकार तथा मिडियाकर्मीहरू मारिएका छन् । तीमध्ये सबैभन्दा धेरै पत्रकार अफगानिस्तानमा मारिएका हुन् । विश्वका पत्रकारहरूको ठूलो संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार सो तथ्यांक ३० वर्षयता वर्षभरी सबैभन्दा कम मृत्युको आंकडा हो ।
भ्रष्टाचार, अनियमितता, शक्ति दुरुपयोग विरुद्ध लेख्ने क्रममा मारिएका पत्रकारहरूको सूची महासंघले सार्वजनिक गरेको हो । अन्तर्राष्ट्रिय मत्रकार महासंघलाई विश्वका ६ लाख पत्रकारहरूको प्रतिनिधिमुलक संस्थाको रुपमा मानिन्छ । महासंघका अनुसार मारिएका ४५ जनामध्ये ३३ जनामाथि प्रत्यक्ष आक्रमण भएको थियो ।
९ जना अफगानिस्तानमा मारिएका थिए । ४ जना भारतमा र ३ जना पाकिस्तानमा मारिएको महासंघको तथ्यांकमा उल्लेख छ । सन् २०२० मा भने मारिने पत्रकारको संख्या ६५ थियो । जवकि २०२१ मा २० देशका ४५ पत्रकार कामको शिलशिलामा मारिएका छन् ।
महासंघका महासचिव एन्थोनी बेलेन्जरले मारिएका पत्रकारहरूप्रति दु:ख व्यक्त गर्दै न्यायका लागि प्रयास गर्नु नै उनीहरूले दिएको जीवनप्रति श्रद्धाञ्जली प्रकट भएको बताएका छन् ।
महासंघले कामको शिलशिलामा मारिएका पत्रकारहरूको तथ्यांक १९९१ देखि वार्षिक प्रतिवेदन मार्फत् प्रकाशन गर्दैआएको छ । महासंघका अनुसार सन् १९९१ यता विश्वभर जम्मा २ हजार ७ सय २१ पत्रकार मारिएका छन् ।