मालीमा आतङ्कवादी हमला हुँदा ८ जना सैनिकको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११८ पटक पढिएको

 

मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या ८ पुगेको छ । आक्रमणमा थप ७ जना घाइते भएको माली सशस्त्र बलले जनाएको छ । 

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मृत्यु हुने सैनिकको संख्या हिजो ४ रहेकोमा आज ८ पुगेको हो । आक्रमणमा परि ३ वटा सवारी साधन पनि ध्वस्त भएका छन् ।

त्यस्तै सेनाले वेबसाइटमा प्रकाशित प्रेस विज्ञप्तिमा जनाएअनुसारआक्रमणकारी तर्फ ३१ जनाको मृत्यु भएको र उनीहरूबाटहतियार र गोलाबारुद जफत गरिएको छ । मालीको वायुसेनाले गरेको हवाई हमलाका कारण आतङ्ककारीहरूको मृत्युको कुल संख्या अझै स्पष्ट हुन बाँकी छ ।

मालीले संयुक्त राष्ट्रसंघ र फ्रान्सेली सेनाको उपस्थितिको बावजुद सन् २०१२ मा उत्तरी क्षेत्रमा शुरु भएको इस्लामवादी विद्रोहलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको छ। यो द्वन्द्व मध्य माली, साथै छिमेकी बुर्किना फासो र नाइजरमा समेत फैलिएको छ ।

आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । माली सन् २०१२ देखि एक सशस्त्र विद्रोहको केन्द्रबिन्दु हो । देशको उत्तरमा सुरु भएको उक्त आक्रमण तीन वर्ष पछि छिमेकी नाइजर र बुर्किना फासोमा समेत फैलिएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित