जम्मू–कश्मीरको एक मन्दिरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १८९ पटक पढिएको

 

 

भारतको जम्मू–कश्मीरको वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक–अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मू–कश्मीरका डीजीपी दिलबाग सिंहले जानकारी दिएका छन् ।

त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्याधिक भीडका कारण भागदौड मच्चिएको थियो ।

भारतीय संचार माध्यमहरुका अनुसार घटनामा २० भन्दा बढी घाइते भएका छन् । समाचार अनुसार मृत्यु हुनेहरूमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू–कश्मीरका मानिस रहेका छन् । ज्यान गुमाउनेको संख्या अझ बढ्ने सक्ने स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन । 

भागदौडको क्रममा घाइते भएकाहरुको अस्पताल उपचार भईरहेको छ । 

यसैबीच जम्मू–कश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाको छानबिनका लागि समिति गठन गरेका छन् । उनले मृतकका परिवारलाई सहयोगस्वरूप १०÷१० लाख र घाइतेलाई उपचारका लागि २ लाख उपलब्ध गराइने बताएका छन ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित