कर्फ्यु लगाइदे सरकार सार्वजनिक हुँदै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ८७ पटक पढिएको

 

दिनेश गौतमको आवाजमा कलाकार द्वय सुधिर श्रेष्ठ र वर्षा सिवाकोटीको अभिनय रहेको ‘कर्फ्यु लगाइदे सरकार’ बोलको गीत सार्वजनिक हुने भएको छ । 

राजिव थापाको शब्द र रामजी लामिछानेको निर्देशनमा बनेको सांगीतिक भिडियो आइतबार (भोलि) सार्वजनिक हुने भएको हो । 

पुस्तक प्रसाद भनेर समेत चिनिने गायक गौतम यस गीत दर्शक तथा स्रोताहरुले मन पराउनेमा ढुक्क छन् । 

निर्देशक लामिछानेको कोरियोग्राफी समेत रहेको उक्त गीत एकदमै रोम्यान्टिक रहेको बताईएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित