चेन्नईमा भीषण बाढी आउँदा ३ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २४२ पटक पढिएको

 

भारतको पुर्वी राज्य तामिलनाडुको राजधानी चेन्नई शहरका विभिन्न स्थानमा भीषण बाढी आउँदा ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सो क्षेत्रमा २० सेन्टिमिटरभन्दा बढी वर्षा भएको बताइएको छ । 

भारतीय संचार माध्यमहरुका अनुसार बिहीबार साँझ परेको उच्च वर्षापछि शहरका १४३ स्थानमा भीषण बाढी आएको छ । 

उच्च वर्षा शनिबारसम्म रहने हुँदा तामिलनाडुको चेन्नई, कान्चीपुरम, थिरुभल्लुर र चेन्गालेपट्टु जिल्लालाई खतराको सूचीमा राखिएको त्यहाँको मौसम विभागले जनाएको समाचारमा उल्लेख गरेको छ । जसको कारण राज्य सरकारले सो क्षेत्रका सरकारी तथा नीजि कार्यालय, विद्यालय र कलेज शुक्रबार बन्दको घोषणा गरेको छ ।

टाइम्स अफ इन्डियाकाअनुसार बिहीबार साँझको वर्षापछि चेन्नईको माउन्ट सडकमा हालसम्मकै ठूलो ट्राफिक जाम परेको थियो । मौसम विभागले पूर्व सूचना जारी नगर्दा धेरै क्षति भएको बताइएको छ ।

सरकारले चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपेट जिल्लाहरूमा सावधानीको रूपमा शुक्रबार सरकारी कार्यालयहरू, स्कूल र कलेजहरू सहित शैक्षिक संस्थाहरूमा बिदाको घोषणा गरेको छ । त्यहाँ बिहीबार चेन्नई, कांचीपुरम, थिरुवल्लुर र चेंगलपट्टु लगायतका चार जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको थियो ।

समाचार अनुसार त्यहाँको मुख्यमन्त्रीले मानिसहरूलाई घर भित्रै बस्न र आवश्यक परे मात्र बाहिर निस्कन आग्रह गरेका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित