नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलियो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६२ पटक पढिएको

दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताएका हुन् ।

अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको जानकारी दिँदै उनले पछिल्ला समयमा फैलिएको सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु ओमिक्रोनकै भएको बताएका छन् । 

भारतीय संचार माध्यमहरुका अनुसार कतै पनि नगएका नागरिकमा यस्तो सङ्क्रमण पाइएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै नभए पनि नागरिकमा निकै तीव्र गतिमा यो फैलिएको बताईएको छ । 

अहिले लगातार संक्रमण दर ०.५ भन्दा बढी रहेपछि दिल्ली सरकारले ‘यलो अलर्ट’अन्तर्गत केही प्रतिबन्धहरू लगाएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार मात्र सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरेको थियो । त्यहाँ अहिले रात्रीकालिन कर्फ्यु पनि लागु छ । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित