त्रास फैलाउनका लागि बम भन्दै राखिएको प्रेसर कुकर सेनाको टोलीद्वारा निष्क्रिय
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४३ पटक पढिएको
बानेश्वरको मूल सडकमा त्रास फैलाउनका लागि बम भन्दै राखिएको प्रेसर कुकर सेनाको टोलीले निष्क्रिय पारेको छ । संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि सिल गरेर निष्क्रिय पारेको हो । मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस