सार्वजनिक स्थलमा नयाँ वर्ष नमनाउन मुम्बई सरकारको निर्देशन
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ७१ पटक पढिएको
भारतको प्रशिद्द सहर मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छ । कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रममा प्रतिबन्ध लगाइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
भारतको आर्थिक राजधानी समेत मानिने मुम्बइमा सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रम गर्ने काममा प्रतिबन्ध लगाएको छ । समाचार अनुसार राति कर्फ्यू नलगाइने तर पनि मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको छ ।
मुम्बई प्रहरीले पनि होटल र रेष्टुरेन्टहरू सहित कुनै पनि बन्द वा खुला ठाउँमा नयाँ वर्ष मनाउन र भेला हुन निषेध गर्ने आदेश जारी गरेको छ । यो आदेश बिहीबारदेखि २०२२ जनवरी ७ सम्म लागू हुने बताईएको छ । मुम्बईमा डिसेम्बर ३१ को रात पार्टीहरू गर्नको लागि कुनै पनि कार्यक्रमका लागि अनुमति नदिने जनाएको छ ।
गत हप्तामात्र त्यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकामा हिजोआज भने कम्तीमा पनि दुई हजार जना सङ्क्रमित भेटिएका छन् ।