तमु ल्होसारको रमझम (तस्बिरमा)

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २६३ पटक पढिएको

 

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदायले आज विभिन्न कार्यक्रम गरि ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । 

""

पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाण्डूको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाण्डू उपत्यका र उपत्यका बाहिर घर भई यहाँ बस्ने तमु (गुरुङ) समुदायका व्यक्तिहरू आफ्नो वेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएका छन् ।

""

बुद्धिस्ट समुदायले हर्षोल्लासका साथ मनाउने यो वर्षबारे विभिन्न धार्मिक पुस्तक तथा ऐतिहासिक दस्तावेजमा पनि उल्लेख गरिएको छ । आजबाट सुरु हुने नयाँ वर्ष तो ल्हो वा बाघको वर्ष हो । हिजो सकिएको वर्ष गाई वर्ष थियो । बुद्धिस्ट समुदायले विभिन्न १२ वटा जनावर वा पशुपंक्षीको नाम बाट नयाँ वर्ष मनाउने गर्छन् । 

""

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

""

""

""

""

""

""

""

""

""

""

""

""

तस्बिर: रेबस कार्की/ सुमित राज पोख्रेल 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित