डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले सुनामी आउन सक्छ : डब्लूएचओ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १२० पटक पढिएको

 

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले ‘संक्रमणको सुनामी’ ल्याउन सक्ने चेतावनी दिएको छ । डब्लूएचओको अनुसार पछिल्लो समय कोरोनाका यी दुई भेरियन्टका कारण विश्वव्यापी रूपमै संक्रमण तीव्र भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो समय विश्वभर दैनिक ९ लाख संक्रमित थपिने गरेका छन् । पछिल्लो समय युरोपेली मुलुक सँगै अमेरिकामा पनि संक्रमण अत्याधिक बढिरहेको छ । फ्रान्समा लगातार दोस्रो दिन २ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।  त्यस्तै पछिल्लो समय डेनमार्क, पोर्चुगल, इंग्ल्यान्ड र अस्ट्रेलियामा पनि संक्रमण बढिरहेको छ ।

अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाएका छन् । फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताएका छन् । उनले त्यहाँ बढेको सङ्क्रमणलाई ‘चकित पार्ने किसिमको’ बताएका छन् ।

त्यस्तै डब्लूएचओका महानिर्देशक  डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बुधबारको वक्तव्यमा भनेका छन्, ‘भाइरस निरन्तर रूपमा उत्परिवर्तित भइरहेको छ । यदि हामीले सामूहिक रूपमा प्रयत्न नगर्ने हो भने यसले हाम्रो स्वास्थ्य प्रणालीलाई चुनौती थप्ने छ ।’ उनले दुईवटा भेरियन्टको चुनौतीले समग्र कोभिड संक्रमणको चाप बढाएको समेत बताएका छन् । 

महानिर्देशक टेड्रोसका अनुसार  ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले महामारी लम्ब्याउने देखिएको छ । डब्लूएचओका १९४ सदस्य राष्ट्रमध्ये ९२ मुलुकले ४० प्रतिशतले पनि खोप नलगाएको उनको भनाइ छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित