पश्चिमी न्यून चापिय प्रणाली आज पनि कायम
- वर्ल्ड दैनिक
- ३ साल अघि
- २०४ पटक पढिएको
पश्चिमी न्यून चापिय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको प्रभाव आज पनि देशका केही स्थानमा देखिएका छन् । यद्यपि, बुधबारको तुलनामा आज मौसममा धेरै सुधार आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशभर बिहीबार आंशिकदेखि सामान्य बदली रहि केही स्थानमा वर्षा भइरहेको र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानहरुमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ ।
यसैगरी, काठमाण्डू उपत्यकामा दिउँसोदेखि घाम लाग्ने महाशाखाले जनाएको छ । अहिले उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्राी सेल्सियस रहेको छ ।
प्रतिक्रिया दिनुहोस