पुर्पक्षका लागि इच्छाराज तामाङ जेल चलान

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १११ पटक पढिएको

 

पूर्वसांसद् एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई काठमाण्डू जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ । ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार जिल्ला अदालतले जेल चलानको आदेश दिएको हो ।

अदालतले उनीसँगै पक्राउ परेका सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउन र ९ जनालाई धरौटी सँगै १ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । 

सिभिल सहकारी ठगी प्रकरणमा तामाङसहित १२ जनाविरूद्ध १५०३ जना निक्षेपकर्ताले जाहेरी दिएका थिए । उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित