सेन्ट्रल जोन महिला भलिबल विजेतालाई जनही ५ लाख दिने मन्त्रिपरिषदको निर्णय

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११३ पटक पढिएको

 

सरकारले एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली खेलाडीलाई सम्मान स्वरूप नगद पुरस्कार दिने भएको छ । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले बिजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कार दिने निर्णय गरेको हो । 

निर्णयअनुसार विजेता टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख दिइने छ ।

विजेता नेपाली टिम भोलि (बिहीबार) स्वदेश फर्कने कार्यक्रम छ । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले सेन्ट्रल जोन महिला भलिबलको उपाधि रक्षा गरेको थियो । 

बुधबार सामाजिक सञ्जाल, ट्वीटरमार्फत राष्ट्रपति विद्या देवी भण्डारीले उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान कायम गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने काम गरेको भन्दै भलिबल टोलीलाई बधाई पनि दिएकी थिइन् । 

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘एभीसी सेन्ट्रल जोन महिला च्यालेन्ज कपमा लगातार दोस्रो पटक उपाधि हासिल गरी राष्ट्रको प्रतिष्ठा उँचो बनाउने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई हार्दिक बधाई।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित