विदेश जानेलाई १५ सय डलर मात्र सटही सुविधा दिन राष्ट्र बैंकको निर्देशन
- वर्ल्ड दैनिक
- २ साल अघि
- १९९ पटक पढिएको
विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएको छ । नेपाल राष्ट्र बैंकले अब प्रतिव्यक्ति १ हजार ५ सय डलर मात्र सटही सुविधा दिने भएको हो । विदेशी मुद्रा सञ्चिती घटेपछि राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको जनाईएको छ ।
राष्ट्र बैंकको विदेशी विनिमय विभागले बुधबार जारि गरेको निर्देशन अनुसार यो सुविधा पनि एक वर्षमा दुई पटकमा नबढ्ने गरीमात्रै उपलब्ध हुने छ । विभागले विदेश जान लागेको प्रमाण पेश गरेपछि मात्र डलर सटही गरिदिन पनि निर्देशन दिएको छ ।
यस अघि पनि केन्द्रीय बैंकले विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती घटाएको भन्दै गत असोजमा डलर सटही २ हजार डलरमा झारेको थियो ।
बैंकले सामान्य अवस्थामा तोकिएको सीमा भन्दा पनि बढी सटही सुविधा दिने गरेका छन् । अहिले विदेशी मुद्रा सञ्चिती निकै घटेकाले कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।