भारतले दियो दुई नयाँ खोपलाई अनुमति
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ५५८ पटक पढिएको

कोभिड महामारीको तेस्रो लहरको त्रासबीच भारतले त्यस विरुद्दका दुई नयाँ खोपलाई अनुमति दिएको छ । सीरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन अवस्थामा नियन्त्रित प्रयोगका लागि अनुमति दिइएको हो ।
यीसहित भारतले अहिलेसम्म आठवटा कोभिड खोपलाई अनुमति दिएको छ जसमध्ये तीन भारतमा निर्मित हुन् ।भरतीय संचारमाध्यम हरुका अनुसार अहिलेसम्म भारतमा एक अर्ब ४० करोड मात्रा कोभिड खोप लगाइएको छ ।
यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिएकाहरू र ६० वर्षभन्दा माथिका जोखिमपूर्ण स्वास्थ्य अवस्था रहेका व्यक्तिहरूलाई जनवरी १० देखि बुस्टर मात्रा खोप दिइने बताएका छन् । त्यस्तै मोदीले जनवरी ३ देखि १५ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई पनि खोप दिइने बताएका छन्।
अहिले भारतमा ओमिक्रोनका ६५३ सङ्क्रमण पुष्टि भएका छन् ।
भारतीय सरकारले यो वर्षको अन्त्यसम्म सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य लिएको छ । अहिलेसम्म ६२ प्रतिशत खोप लिनयोग्य नागरिकले मात्रै पूर्ण मात्रा खोप पाएका छन् भने ९० प्रतिशतभन्दा बढीले कम्तीमा एक मात्रा खोप पाएका छन् ।