फ्रान्समा कोभिड ह्वात्तै बढ्यो

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १७३ पटक पढिएको

 

फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च  दैनिक कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार त्यहाँ करिब २ लाख संक्रमित थपिएका छन् । मङ्गलवार पनि फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो ।

युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका बेला इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्डमा पनि अत्याधिक सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् । समाचार अनुसार क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ। बीबीसीका अनुसार अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् ।

फ्रान्सेली अस्पतालहरूको एउटा सङ्गठनले अझै अप्ठेरा दिनहरू आउन बाँकी नै रहेको जनाएका छन् । यसै हप्ताको सुरुमा फ्रान्सले केही प्रतिबन्धहरू घोषणा गरेको थियो जसमा जनवरी प्रारम्भबाट अनिवार्य रूपमा कम्तीमा तीन घरबाटै काम गर्नुपर्ने भनिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित