मौसमका कारण उडानहरु प्रभावित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९३ पटक पढिएको

 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसममा खराबी आएपछि आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित भएका छन् । मङ्गलबार रातिदेखि  काठमाण्डू उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले हवाई उडान प्रभावित भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुका अनुसार सोलुखुम्बुको लुक्ला र पोखरामा उडान हुन सकेको छैन । त्यस्तै नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण भोजपुर र ताप्लेजुङको उडान रद्द गरेको छ । 

आजका लागि १३७ वटा उडान  भए पनि प्रतिकूल मौसमका कारण धमाधम उडान रद्द भइरहेको उड्डयन कार्यालयले जनाएको छ । यसैबीच, एयरलाइन्स कम्पनीहरुले प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको सूचना जारी गरेका छन् ।

भिजिबिलिटी नपुग्दा मंगलबार पनि काठमाण्डू आउने र जाने धेरै उडान प्रभावित भएका थिए । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित