फ्लु देखिएपछि इजरायलमा चरा मार्ने अभियान

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ५११ पटक पढिएको

 

इजरायलले एभियन फ्लु A(H5N1)  को महामारी रोक्ने उद्देश्यले चरा मार्ने अभियान चलाएको छ । यो अभियानको क्रममा १० हजारभन्दा बढी टर्की चरा मारिने बीबीसीले जनाएको छ ।

इजरायलका पर्यावरण मन्त्री तमर ज्याण्डवर्गले इजरायलको इतिहासमा वन्यजीवका लागि यो सबैभन्दा ठूलो झट्का भएको बताएका छन् । हुला नेचर रिजर्भमा एभियन फ्लुका कारण ५ हजारभन्दा बढी प्रवासी सारस चरालाई मारिसकिएको छ । स्थानीय किसानका पनि करिब पाँच लाख कुखुरा मारिने छ । यसबाट अण्डा अभाव हुने अनुमानसमेत गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पन्छीबाट मानिसमा यो भाइरसको संक्रमण फैलिनु निकै दुर्लभ घटना हो । यद्यपि एभियन फ्लु मानिसमा सरेको पुष्टि भने भएको छैन । तर सन् २००३ मा मानिसमा सरेको यो महामारीबाट ४५६ जनाको मृत्यु भएको थियो ।

प्रधानमन्त्री नेफ्टाली बेनेटले राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्य विशेषेज्ञहरुसँग छलफल गरी फ्लुको महामारी राक्नेबारे छलफल गरेका थिए । त्यसपछि पन्छी नष्ट गर्ने क्रम जारी छ । संक्रमित पन्छीको सम्पर्कमा रहेकाहरुलाई सुरक्षा सावधानीका साथ उपचार जारी राखिएको छ ।

सोमबार मात्र त्यहाँको एक आरक्षण क्षेत्रमा बर्डफ्लुका कारण २ हजार भन्दाबढी सारस मरेका थिए । इजरायल प्रकृति तथा पार्क प्राधिकरणका अधिकारीका एभियन इकोलोजिस्ट ओहाड ह्याट्सओफीका अनुसार हरेक वर्ष भाइरसबाट इजरायलमा हजारौं चराचुरुङ्गी प्रभावित हुने गर्छन् । उनले समाचार संस्था एएफपी सँग कुराकानी गर्दै भने, "अहिलेसम्म, २ हजार सारसहरू मरेका छन् र अनुमानित १० हजारबाट संक्रमित छन् । " 

त्यस्तै अहिले इजरायलमा सारस जनसंख्याको एक-पाँचौं भाग बर्ड फ्लूबाट प्रभावित भएको अनुमान गरिएको प्राधिकरणको वैज्ञानिक विभागका उपनिर्देशक उरी नाभेहले बताएका छन् । बर्डफ्लुबाट ठूलो संख्यामा चराहरुको मृत्यु भएको घटना ‘अस्वभाविक’ भएको उनको भनाई छ । सोमबार मरेका सरसहरूको संख्या असाधारण भएको उनले बताएकाथिए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित