दिल्लीमा थप कडाई

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०७ पटक पढिएको

 

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्ये नजर गर्दै दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाइएको छ । लगातार तेस्रो दिन संक्रमण दर ०.५ भन्दा बढी रहेपछि दिल्ली सरकारले ‘यलो अलर्ट’अन्तर्गत केही प्रतिबन्धहरू लगाएको हो ।

दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरेको छ । त्यस्तै रात्रिकालीन कर्फ्युको समय पनि एक घण्टा बढाउंदै अब राति १० देखि बिहान ५ बजेसम्म अत्यावश्यकबाहेकका काममा हिँड्डुलमा रोक लगाएको छ ।

नयाँ निर्देशन अनुसार मेट्रो, बस, रेस्टुराँ ५० प्रतिशत सिट क्षमतामा मात्रै चलाइनेछ । त्यस्तै मल्टिप्लेक्स, बैंक्वेट तथा स्पोर्ट कम्पलेक्स बन्द रहनेछन् । अत्यावश्यकबाहेकका पसलहरू जोरबिजोर दिनका आधारमा सञ्चालन गरिने छ । पसलहरूलाई बिहान १० देखि बेलुका ८ बजेसम्म मात्रै खोल्ने अनुमति दिइएको छ । निजी क्षेत्रका कार्यालयमा ५० प्रतिशत कर्मचारी राखेर मात्रै काम गराउन निर्देश गरिएको छ ।

त्यस्तै, विवाह र अन्त्येष्टिमा २० जनाको सहभागिता मात्रै राख्न भनिएको छ । त्यसबाहेक सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक र चाड पर्वको आयोजनाका नाममा गरिने जमघटमा प्रतिबन्ध लगाइएको छ ।  

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित