ब्राजिलमा बाढीका कारण २० जनाको मृत्यु
- वर्ल्ड दैनिक
- २ साल अघि
- ११४ पटक पढिएको
ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा भारी वर्षा सँगै आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यहाँको प्रकोप नियन्त्रण निकायले सोमबारसम्म उक्त वर्षाबाट कम्तीमा पनि २० जनाको ज्यान गएको छ भने अरू ३५८ जना घाइते भएको जनाएको छ ।
बाहियाको नागरिक रक्षा निकायले सोमबार दिउँसो ११ छुट्टाछुट्टै नगरपालिकामा बाढीका कारण उनीहरुको मृत्यु भएको बताईएको छ । वर्षापछि आएको बाढीका कारण करीब १६ हजार मानिसहरु घरबारविहीन भएको अलजजिराले जनाएको छ ।
स्थानीय अधिकारीहरूले यस क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको समेत जनाएका छन् । समाचार अनुसार उद्धारकर्ताहरूको टोलीहरूले आपूर्तिहरू ढुवानी गर्न र पीडितहरूलाई चिकित्सा हेरचाह ल्याउन प्रयास गरिरहेका छन् ।
पुलहरू र राजमार्गहरूमा पुगेको क्षतिले ती प्रयासहरूलाई अझ गाह्रो बनाईरहेको बताईएको छ । उद्धारकर्ताहरू हाल सम्म २०० जनाको उद्धार गरिसकेको बताईएको छ ।
राजधानी साल्भाडोरमा मौसम अधिकारीहरूले यस वर्ष डिसेम्बरमा औसतभन्दा ६ गुणा बढी वर्षा भएको बताएका छन् । तस्बिर : रोयटर्स