फ्रान्समा प्रतिबन्धात्मक नियममा थप कडाइ

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १०१ पटक पढिएको

 

ओमिक्रोन भेरियन्टको त्राशबीच फ्रान्समा प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने भएको छ । ओमिक्रोन तीव्र गतिले फैलिएको र दैनिक संक्रमितको संख्या एक लाखमाथि पुगेपछि प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने भएको हो ।

सोमबार फ्रान्सका प्रधानमन्त्री जाँ कास्टेक्सले कोभिडसम्बन्धी प्रतिबन्धात्मक नियममा थप कडाइ गरिने घोषणा गरिसकेका छन्  । फ्रान्समा जनवरी ३ गतेदेखि संभव भएको खण्डमा घरमै बसेर काम गर्नुपर्ने छ भने बन्द स्थलमा हुने कार्यक्रममा २ हजार भन्दा बढी मानिस सहभागी हुन पाउने छैनन् । 

नयाँ नियममा खुला स्थलमा हुने जमघटमा ५ हजारभन्दा बढी मानिस सहभागी हुन नपाइने समेत उल्लेख छ । कर्फ्यु वा लकडाउन नलगाइए पनि शहरको केन्द्रमा सबै जनालाई मास्कहरू लगाउन अनिवार्य बनाइएको छ।

कर्मचारीहरूलाई कम्तीमा तीन दिन घरबाटै काम गर्न भनिएको छ । त्यस्तै, लामो दूरीको यात्रामा खाना र मध्यपान सेवनमाथि प्रतिबन्ध लगाइएको छ भने अर्को सूचना जारी नभइन्जेलसम्मका लागि नाइट क्लब बन्द गरिने भएको छ । यसबाहेक, हप्तामा ३ दिन घरमै बसेर काम गर्नु पर्ने र सिटी सेन्टरमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ ।

फ्रान्स सरकारले अन्तिम पटक खोप लगाएको ४ महिनापछि बुस्टर डोज लगाउनु पर्ने अवधिलाई घटाएर ३ महिनामा झारेको छ । धेरै जनाले खोप लगाइसकेकाले फ्रान्स विश्वकै सुरक्षित देश भएको प्रधानमन्त्री कस्टिक्सले बताएका छन् । 

प्रधानमन्त्री कास्टेक्सले संसदबाट मस्यौदा विधेयक पारित भएको अवस्थामा रेष्टुरेन्ट, सिनेमा हल लगायतका स्थानमा जाँदा जनवरी १५ गतेदेखि नेगेटिभ कोभिड रिपोर्टसँगै खोप लगाएको कार्ड देखाउनु पर्ने पनि बताए ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित