नेपालले जित्यो सेन्ट्रल जोन भलिबल महिलातर्फको उपाधि

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४७ पटक पढिएको

 

नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै जित हाशिल गरेको हो ।  

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ ले जित्यो ।

चौंथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल २-२ को अवस्थामा पुर्राए । त्यसपछि पाँचौं सेटमा नेपालले १५-१० ले आफ्नो बनाउँदै उपाधि जितेको हो ।

नेपालले यसअघि सन् २०१९ मा सोही रंगशालामा आयोजित पहिलो संस्करणमा माल्दिभ्सलाई हराएर उपाधि जितेको थियो ।

उपाधि यात्रामा नेपालले ६ खेलमा अपराजित यात्रा अकायम राख्न सक्यो । पहिलो खेलमा श्रीलंकासँग र फाइनलमा उज्वेकिस्तानसँग नेपालले २–२ सेट गुमायो । अन्य सबै खेलमा सोझो जित निकालेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित