बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को विजेता बने सन्तोष साह
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १५४ पटक पढिएको

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिँदै गराइएको प्रतिस्पर्धामा साहले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।
यसअघि तराईको खाना समेट्न नपाएका उनले यसपटक १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए ।
दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको अचार, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार बनाएका थिए ।
साहले भविष्यमा सेन्टर लण्डनमा नेपाली परिकारका खानासहितको रेष्टुरेन्ट खोल्ने घोषणा गरेका छन् । उनले नेपालका विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाको अध्ययन गरेर ‘आयला’ नामको पुस्तकसमेत प्रकाशन गरेका छन् ।
बीबीसी वानमा सोमबार साँझ प्रसारित प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।