एकै दिन ५ लाख ६८ हजार भन्दा बढीले लगाए कोरोना विरुद्दको खोप
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १६३ पटक पढिएको
पछिल्लो २४ घण्टामा थप २२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २७१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज एकै दिन ५ लाख ६८ हजार ३१९ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् । सोहि अवधिमा कोरोनाका कारण १ जनाको मृत्यु भएको । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम भएको मन्त्रालयले जनाएको छ । हाल ४ हजार ९३१ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयकाअनुसार हाल संक्रमणमुक्त हुने दर ९८ % रहेको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस