करिब ७० अंकले घट्यो नेप्से

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २७३ पटक पढिएको

राष्ट्र बैंकले आयातमा गरेको कडाइपछि लगातार बढिरहेको  सेयर बजार परिसूचक नेप्से सोमबार भने करिब ७० अंकले घटेको छ । ६९.७७ अंकले घटेसँगै नेप्से २५२१ अंकमा कायम भएको छ ।

नेप्से घटे पनि कारोबार रकममा सामान्य वृद्धि भएको छ । दिनभर ५ अर्ब ६० करोडको सेयर किनबेच भएको छ  । आज नेप्सेमा उपसमूहमा रहेका १३ वटै समूह रातो भएको छ । निर्जीवन बीमा समूह भने सर्वाधिक ५.१५ प्रतिशतले ओरालो लागेको छ ।

त्यस्तै २३८ कम्पनीका १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँमा किनबेच भएका छन् ।

दिनभर भएका ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच भएको छ भने ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित