अष्ट्रेलियामा पनि ओमिक्रोनबाट एकको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • ८२ पटक पढिएको

 

अष्ट्रेलियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । अष्ट्रेलियामा ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना हो । 

यस अघि बेलायत र अमेरिकामा पनि यसबाट मृत्यु भएको खबर आइसकेको छ । ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख  छ । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको जनाएको छ । 

पछिल्‍लो समय अष्ट्रेलियामा कोभिड-१९ का संक्रमित बढ्न थालेका छन् । सबैभन्दा धेरै जनसंख्या रहेको न्यू साउथ वेल्समा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ । सोमबार उक्त राज्यमा ६ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार त्यहाँ हालसम्मकै उच्च अर्थात् ६ हजार ३९४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।

ओमिक्रोन धेरै संक्रामक तर कमखतरनाक भएको स्वास्थ्य विशेषज्ञहरूको भनाई आइरहँदा अष्ट्रेलियामा अधिकांश घरेलु सिमानाका प्रतिबन्ध हटाएको थियो । अस्ट्रेलियालीहरूलाई क्वारेन्टाइन बिना विदेशबाट फर्कन अनुमति दीएको थियो।  तर अहिले भने महामारीको सुरुवात पछिकै धेरै संक्रमितको संख्या बढिरहेको बताईएको छ । 

बढ्दो संक्रमणबीच आजदेखि न्यू साउथ वेल्समा नयाँ प्रतिबन्धात्मक नियम पनि लागू गरिएको छ । बार र रेष्टुरेन्टमा हरेक २ वर्ग मिटरको दूरीमा एक व्यक्ति बस्न पाउने लगायतका नियम लागू गरिएको समाचारमा उल्लेख छ । तस्बिर : एएफपी 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित