सेन्ट्रल जोन भलिबलको फाइनलमा नेपाल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ९४ पटक पढिएको

 

बंगलादेशको राजधानी ढाकामा जारि एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्यालेन्जमा नेपालद्वारा किर्गिस्तान पराजित भएको छ ।  सोमबार राउण्ड रोबिनको अन्तिम खेलमा नेपालले ३-० को सोझो सेटमा किर्गिस्तानलाई पराजित गरेको हो । 

यस जितसँगै नेपालले शीर्ष स्थानमा रहदै फाइनलमा स्थान बनाएको छ ।  नेपालले ५ खेलमा १४ अंक जोडेको छ । उपाधिका लागि नेपालको यो लगातार पाँचौं जित हो । 

फाइनलमा नेपालले कपको उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल खेल मंगलबार हुनेछ । हिजो भएको समूह चरणको खेलमा पनि  नेपालले उज्वेकिस्तानमाथि ३–० को सेटमा सहज जित निकालेको थियो । 

यसघि नेपाले पहिलो खेलमा श्रीलङ्कालाई ३–२, दोस्रो खेलमा माल्दिभ्सलाई ३–० र तेस्रो खेलमा आयोजक बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । 

महिलातर्फ आयोजक बङ्गलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलङ्का र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ । नेपाल सन् २०१९ मा बङ्गलादेशमै भएको सेन्ट्रल जोनमा महिलातर्फ एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित