भारत र चीन बीच यस वर्ष १०० अर्ब डलर भन्दा बढीको द्विपक्षीय व्यापार

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०४ पटक पढिएको

 

यस वर्ष  भन्दा बढी दिल्ली र बेइजिङबीच १०० अर्ब अमेरिकी डलर (एक सय २० खर्ब रुपैयाँ) भन्दा बढीको द्विपक्षीय व्यापार भएको छ । भारत र चीनबीचको सम्बन्धमा उतारचढाव देखा परिरहेको समयमा दुई देशको राजधानीमा मात्र यति व्यापार आँकडामा पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

समाचार अनुसार पूर्वी लद्दाखमा उत्पन्न सैन्य गतिरोधपछि भारत र चीनबीचको सम्बन्ध नाजुक अवस्थाबाट गुज्रिरहेको हुनाले यत्रो ठूलो उपलब्धि भए पनि दुवै देशमा यसबारे खासै चर्चा भएको छैन ।

भारतीय समाचारसंस्था प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दुई देशबीच सन् २००१ मा १.८३ अर्ब डलर कारोबारबाट सुरु भएको थियो ।  उक्त व्यापारले यो वर्षको ११ महिनाभित्रै १०० अर्ब डलरको आँकडा पार गरेको छ ।

बीबीसी हिन्दीले यसले दुई देशको व्यापार अझ माथि उठाउनका लागि ठूलो अवसर दिएको टिप्पणी भइरहेको उल्लेख गरेको छ । चीनको जनरल एडमिनिस्ट्रेशन अफ कस्टम्सको अघिल्लो महिनाको तथ्याङ्कका अनुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार ११४. २६३ अर्ब डलर पुगेको छ । जनवरी देखि नोभेम्बर २०२१ का बीचमा उक्त व्यापार ४६.४ प्रतिशतले बढेको बताइएको छ ।

त्यस्तै भारतबाट चीनतर्फको निर्यात २६ अर्ब डलरभन्दा बढी रहेको छ । जुन प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको जनाईएको छ । भारतले चाहिँ चीनबाट ८७.९ अर्ब डलर बराबरको आयात गरेको छ र त्यो ४९ प्रतिशतसम्मले बढिरहेको छ ।

द्विपक्षीय व्यापार वृद्धि भए पनि भारतका लागि द्रुत गतिमा व्यापार घाटा बढी रहेको छ । यसको अर्थ भारतले चीनमा जति समान बेच्छ त्योभन्दा कैयौँ गुणा धेरै खरिद गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित