दुधकोसी हाईड्रोपावरमा २ इन्जिनियरको मृत्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १६५ पटक पढिएको

 

सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा पाइप विस्फोट हुँदा २ जना इन्जिनियरको मृत्यु भएको छ । सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा आइतबार पाइप विस्फोट  भएको हो । 

सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा रहेका थिए । पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भएको बताईएको छ । मृत्यु हुनेमा अछाम घर भएका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेको धुलिखेल घर भएका २९ वर्षीय अर्जुन थापा रहेका छन् । 

रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए भने थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन् ।

घटनामा एकजना घाइते भएका छन् । पानीको फोहोरासँगै उछिट्टिएर मोहम्मद जावी अख्तर रहिम घाइते भएका हुन् । उनलाई उपचारका लागी काठमाण्डूको ग्रान्डी अस्पतालमा ल्याइएको छ भने त्यस्तै मृतकहरुको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा ल्याइएको बताईएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित