दिल्लीमा आज देखि रात्रिकालीन कर्फ्यु

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • २१४ पटक पढिएको

 

भारतको राजधानी नयाँ दिल्लीमा सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ । ओमिक्रोन भेरियन्ट सँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि राज्य सरकारले कर्फ्यु लगाउने निर्णय गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्  । 

बीबीसी हिन्दीका अनुसार दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको छ ।

यो निर्णय आज बाटै लागु हुनेछ।  पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो । उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ । त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ ।

दिल्लीबाहेक अरू कैयौँ राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् र मानिसहरूलाई भेला हुनबाट रोकिरहेका छन् । तर कैयौँ मानिसले अधिकांश ठूला भेलाहरू दिनमा हुने गरेका भन्दै पछिल्ला घोषणाबारे प्रश्न उठाइरहेका छन् । नयाँ भेरियन्टका बिरामी र  अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो । 

हालसम्म भारतमा ४ सयभन्दा बढी ओमिक्रोन भेरियन्ट सङ्क्रमणका घटना पुष्टि भएका छन् ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित